logoखबर दार्जिलिङ
Poetry

स्वतन्त्रता दिवस अनि हामी

MD
August 14, 2026Sonada, Darjeeling2 min read👁 3

ारत माताको साँचो पुत्र हौ भने,

पान चपाएर प्याच्च

भूईंमा थुक्ने बानी

आज हैन

अहिल्यै छोड्नुपर्छ।।

हामी आफैंले आफ्नी आमाको

ईज्जत गरे पो अरूले पनि गर्छ।।

कोथ्रै कोथ्रा परेको छ

आमाको मुहारै भरी

जता ततै फोहोरका थुप्रोले,

कुरूप बनेकी छिन्

धर्ती माता अहिले घरी।

बिचरी धर्ती माताको

कस्ले दु:ख बुझिदिने

स्वतन्त्रता दिवस ता मनाउँछौं वर्षै पछि

तर कोही छैन यहाँ

आमाको आशु पिछीदिने।।

नाथुराम गोड्से भन्दा

कम छैन है हामीपनी

उसले त मात्र गान्धी मार्यो,

हामीले त भारत मातालाई नै पो

मार्न खोजिरहेका छैनौं र?

गोड्से भन्दा नीच

हत्यारा बनी।।

आमाको स्वास्थ्यको ख्यालै नगरी

प्लास्टिकका पोका फालिदिन्छौं जथाभाबी

पर्यावरणलाई हानी पुग्छ भन्ने

खुल्दैन हाम्रो दिमाग को चाबी

हामी त स्वतन्त्र भयौं

पराईको चंगूलबाट

तर!

भारत माताले चाँहि

कहिलेसम्म सहनुपर्ने हो,

आफ्नै सन्तानको लात??

ति विदेशीलाई हेर,

एक निमेष पनि फाल्दैनन् समयलाई खेर,

गरी रहन्छन् नयाँ अविस्कार

हामी चाँहि किन यस्तो

आफैंलाई सम्झन्दा

भन्न मन लाग्छ धिक्कार।।

धर्ती मातालाई सफा राखे,

हुन्छ साँचो पुजा

हामीले गर्ने कर्तव्य के हो,

पहिला त्यसलाई बुझ

पुजा नगरौं नदीको बरु

फोहोर फाल्न छोडौं

झ्याऊ पलाउन नपावोस् खेतमा

आफ्नै हातले गोडौं।।

जन जनमा जगाई चेतना,

बुझाई दिँउ न बरू

सहिदको वेदना ।।

सहिद बेदी अगाडी

फोहोर फाल्नेलाई

लगाउँ न घुँडा टेक्न

अहिले सम्म जे भयो भयो,

नपरोस् अब कहिल्यै पनि,

त्यस्तो दृष्य देख्न।।

वन्दे मातरम् को अर्थ

बुझाउँ बच्चा बच्चालाई ,

खोल जताभावी फाल्न हुन्न,

कुरकुरे र लेज खाई

मिना ढुंगेल

सोनादा

Have a tip on this story?

WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.

Tags:PoetryDarjeelingSonada

Comments (0)

?
💬

No comments yet

Be the first to share your thoughts!

© 2026 Khabar Darjeeling

By mina dhungel

All rights reserved. Content may not be reproduced without permission.