समयको मूल्य
-सिद्धान्त गुरुङ
जीवनको सबैभन्दा अमूल्य सम्पत्ति समय हो।
एकपटक बितेको समय फेरि फर्केर आउँदैन,
त्यसैले यसको प्रत्येक क्षणको सही उपयोग गर्नुपर्छ।
हिजो काखमा खेल्ने सानो नानी,
आज ठूलो भइसकेको हुन्छ।
हेर्दाहेर्दै युवावस्था बित्छ,
र एक दिन बुढ्यौली आइपुग्छ।
हिजो गरिब भएको मानिस
सधैँ गरिब रहँदैन।
मेहनत, धैर्य र समयसँगै
ऊ पनि सफल बन्न सक्छ।
समयसँगै ऋतु बदलिन्छ,
परिस्थिति बदलिन्छ,
सोच बदलिन्छ,
र मानिस पनि बदलिन्छ।
त्यसैले,
समयलाई कहिल्यै हल्का नठानौँ।
यसको सम्मान गरौँ,
किनकि समयले नै
हारलाई जितमा,
अन्धकारलाई उज्यालोमा,
र सपनालाई यथार्थमा बदल्ने शक्ति राख्छ।
— लेखक: सिद्धान्त गुरुङ
Have a tip on this story?
WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.
© 2026 Khabar Darjeeling
By Sidhant gurung
All rights reserved. Content may not be reproduced without permission.