logoखबर दार्जिलिङ
Poetry

शिक्षक दिवस

RB
September 5, 2026Kalimpong1 min read👁 8

.शिक्षक दिवस

अन्ध्यारो यो संसारभित्र,

बाटो सधैँ देखाउनु हुन्छ।

क, ख,ग, को ज्ञानसँगै,

असल बन्ने पाठ सिकाइ,

हाम्रो जीवन उज्यालो पार्न,

सधैँ गर्नुहुन्छ भलाइ।

​हात समाई अक्षर कोर्न,

कति मेहनत गर्नुभयो,

गल्ती गर्दा माया गरेर,

सही मार्ग देखाउनुभयो।

आदर गर्छौँ आज हामी,

झुकाएर शिर यो हाम्रो,

तपाईंकै प्रेरणाले बन्छ,

सुन्दर भविष्य यो हाम्रो।

​गुरु तपाईं ज्ञानका सागर,

जीवनका हुन् शिल्पकार,

सदा तपाईंको पाउमा छ,

हाम्रो यो नम्र नमस्कार।

शिक्षक दिवसको यो दिनमा,

शुभकामना छ अपार,

संसारभरका गुरुजनमा,

अर्पण छ यो श्रद्धा अपार।

Have a tip on this story?

WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.

Tags:PoetryKalimpong

Comments (0)

?
💬

No comments yet

Be the first to share your thoughts!

© 2026 Khabar Darjeeling

By Raymond Basnet

All rights reserved. Content may not be reproduced without permission.