कविता
हाम्रो नेपाली भाषा
भानु बाजेलाई चित्त कति दुख्दो हो होला
हाम्रो नेपाली भाषाको अवस्था देख्दा!
जब पाठशालामा शिक्षक वा शिक्षिकाले
विद्यार्थीलाई प्रश्न गर्छन्...
आफ्नो विषयमा केही भन???
रटे झै भन्न थाल्छन्....
माइ नेप ईश.....
अंग्रेजीमा होइन
नेपालीमा भन!
हाँस्दै अकमकिन्दै विद्यार्थीहरु भन्छ....
सर नेपालीबाट त आउदैन नी।
तब भानु बाजेको चित्त मात्र होइन
सम्पुर्ण साहित्य प्रेमीहरुको चित्त दुख्छ।
विडम्बना !
यहाँ आफ्नै भाषा साह्रो लाग्छ
हाइ भन्न सजिलो र
नमस्ते भन्न गाह्रो लाग्छ।
शुद्ध भाषा प्रयोग गरेमा नेपालको अरे
जानी नजानी अंग्रेजी बोल्दैमा धरै जान्ने अरे।
हाम्रो भाषालाई साँच्चै हेला नै गरेको होला है!
त्यसरै त १९९२ मा नै मान्यता पाए पनि
बन्द छन् सुनको पिंजाडामा चरा थुनिए झै
बोलिदैन देश विदेशमा यी भाषा
चिनिदैन हाम्रो भेष भुसा अनि हाम्रो संस्कृति ।
बिचारा बन्द त्यो पिंजाडामा स्वास थुनिन्छ होला
मनमनै सम्झिन्छ होला कहिले उडन पाउ आजाद भएर ती खुल्ला आँकाशमा देश विदेश हुँदै?
वर्ष भरी हलिवुड पिक्चर र बि.टि.एस. हेरेर
आज याँद आउँदैछ भानु भक्त
र त मनाउदै छन् भानु जयन्ती
त्यो पनि भब्य रुपमा ।
भानु भक्तको तस्वीर अघि
दियो जलाएर के उज्यालो हुन्छन् होला हाम्रो भाषा?
भानु जयन्तीको दिन कविता वाचन गर्दैमा के बाँच्छन् होला लाखौ भानुभक्तहरु???
मलाई त लाग्छ यदि यस्तै अवस्था हाम्रो भाषाको रहिरह्यो भने
जन्मिदैन होला फेरी हजारौ भानु भक्त,अगमशींह गिरि,पारिजात,इन्द्रबहादुर राई,बिरेन्द्र सुब्बा र प्रकाश कोविद!
हाम्रो भाषा भनेको त हाम्रो आमा हो
के हामी हाम्रो आमाको इज्जत लुट्न दिन्छौ र?
के हामी हाम्रो आमाको रक्षा गर्न सक्तैनौ र?
हामी हाम्रो आमालाई रक्षा मात्र होइन क्ष्रिंगारेर जगतलाई चिनाउनु पर्छ कि..
मेरो नेपाली भाषा मेरो आमा हो।
🖋️ बिपन बराइली।
Have a tip on this story?
WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.
© 2026 Khabar Darjeeling
By Bipan Baraily
All rights reserved. Content may not be reproduced without permission.