"परिवर्तनको प्रतीक्षा "
चुनाव सकियो!
मोबाइल फोनमा यो समाचार बजिरहेको थियो। गाउँमा झण्डाहरु अझै हावासँग खेलिरहेका थिए। कोही अनुहारमा खुसी थियो, कोहीमा निराश। तर आँखामा एउटै प्रश्न थियो -
"अब के हुन्छ? अब परिवर्तन होला?"
एकदिन मा खिरकिबाट हेरिरहेकी थिए। चुनावअघि यही बाटोमा नेताहरूको भीड लाग्थ्यो। हात जोड्दै भन्थे -
हामी परिवर्तन ल्याउँछौ।
हामी सपना पूरा गर्छौ।
त्यो बेला सबैले ताली बजाए, गाउँलेहरुको अनुहारमा नयाँ आशा थियो। बुढा - बूढीले त्यो शब्दलाई विश्वास गरे। युवाले भविष्य देखे। बालबालिकाले पनि नयाँ विद्यालय, राम्रो सडक र उज्यालो भोलिको कल्पना गरे।
र चुनाव सकियो।
दिन बिते।
हप्ता बिते।
महिना बित्न थाले।
तर...गाउँको अवस्था जस्ताको त्यस्तै।
फेरि अचानक मेरो दिमागमा एउटा कुरा खेल्यो, मैले धेरै सोचे।
चुनाव जित्नु नै अन्तिम सफलता होइन रहेछ।
जनताको विश्वास जितेर त्यसलाई कर्मले प्रमाणित गर्नु नै सबै भन्दा ठूलो जित रहेछ।
हेर्नुहोस!
हामीलाई ठूलो भाषण होइन, सानो परिवर्तन चाहिएको छ। विद्यालयसम्म पुग्ने सुरक्षित बाटो, रोगी अनि वृद्ध हुनु भएकाहरुलाई थोरै सेवा र युवाहरूका लागि अवसर चाहिएको छ।
हामी कसै नेतालाई दोष दिन होइन, विश्वास गर्न चाहन्छौ।
किनकि..
" Leadership is Service, not power"
जनताले तपाईंलाई vote दिएका छन् , अब तपाईंले जनतालाई भविष्य दिनुहोस्।
चुनाव पछि केवल नेता मात्र होइन, नागरिक पनि जिम्मेवार हुन्छन्।
हामीले आफ्नो गाउँ घर सफा राख्न सक्छौं।
बालबालिकालाई पढ्न प्रेरित गर्न सक्छौ।
रूखहरू रोप्न सक्छौ।
एकअर्कालाई मदत अनि सम्मान गर्न सक्छौ।
यही नै हो, हाम्रो परिवर्तनको प्रतीक्षा।
चुनाव सकिएको छ, तर परिवर्तनको यात्रा अझै बाँकी छ।।
धन्यवाद ।
लेखक - प्रीति रामुदामु।
Have a tip on this story?
WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.
© 2026 Khabar Darjeeling
By Preeti Ramudamu
All rights reserved. Content may not be reproduced without permission.