" किन गर्छौ अभिमान "
- प्रीति रामुदामु
सबैको आ - आफ्नै सौन्दर्य हुन्छ,
कसैलाई अवहेलना गर्न नखोज।
सबैको आ- आफ्नै दक्षता हुन्छ ,
कसैलाई तुलना गर्न नखोज।।
नगर घमण्ड रूप अनि रंगको,
त्यो त समय सँगै बगी जाने खोला हो ।
नगर लोभ र लालच, धान सम्पतिको,
त्यो त समय सँगै मक्की जाने झोला हो।।
हिराको आफ्नै चमक हुन्छ,
चन्द्रमाको आफ्नै प्रकाश।
कसैलाई कसैसित, किन गर्छौ तुलना?
त्यो त सबै को आ- आफ्नै प्रताप।।
एकदिन!
एकदिन मै हुँ भन्ने पनि मरेर जान्छ,
सबै धान सम्पति छोडेर जान्छ।
बाचुन्जेल जीवनमा पुण्य कर्म नगरे पछि,
आत्माले मोक्षको बाटो मोडेर जान्छ।।
आज छ यो सुन्दर जीवन, भोलि हुँदैन
हाम्रो कर्मको लेखा ईश्वरले कहिले भुल्दैन।
यो मानव चोला सबैभन्दा अमूल्य हुन्छ,
हिरा मोतिले पनि त्यो किन्न सक्दैन
हिरा मोतिले पनि त्यो किन्न सक्दैन।।
धन्यवाद।
Have a tip on this story?
WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.
© 2026 Khabar Darjeeling
By Preeti Ramudamu
All rights reserved. Content may not be reproduced without permission.