प्राकृतिक सौन्दर्यमा रमेको पहाडकी रानी दार्जिलिङलाई त्यसै पहाडकी रानी भनेर सम्बोधित गरेका होईनन् साँच्चै नै दार्जिलिङ सम्पूर्ण गुणले सम्पन्न भएकी छिन्। कञ्चनजङ्घाको काखमा बसेको दार्जिलिङलाई हेर्दा एकदमै रमणीय देखिन्छ मानौ एउटी जननीले आफ्नो शिशुलाई काखमा राखेर खेलाईरहेकी छिन्।भारत देशको पश्चिम बंगाल स्थित उत्तर बंगालमा रहेको दार्जिलिङमा बिभिन्न भाषा,जात,धर्म,समुदाय,संस्कृतिका मानिसहरु बसोबासो गर्छन् जसरी कुनै बगैंचामा नाना थरीका फुलहरु मिलेर बसेका हुन्छन्।दार्जिलिङ तिनवटा 'टि' -ले गर्दा प्रसिद्ध छन्-१.टोय ट्रेन,२.टि अनि ३.टुरिजम।यो भयो दार्जिलिङको बाह्य प्राकृतिक सौन्दर्यको छोटो वर्णन अब उप्रान्त म प्रस्तुत गर्न लागिरहेको छु यहाँको जटिल विषय राजनीतिक क्षेत्रको विषयमा-
यहाँको बाह्य सुन्दरता त छँदै छ तर यहाँको राजनीतिक विषय भने एकदमै डामाडोल अनि नाजुक अवस्थामा रहेको छ।कुर्सी र पदको लागि पहाडी नेता भनौदाले दार्जिलिङलाई खोक्रो बनाईसकेको छ।हामी भारतीय भएर पनि हामीलाई भारतको भन्न संकोच हुन्छ।न त हाम्रो कुनै छुट्टै राज्य नै छ न त हाम्रो नेपाली भाषाले मान्यता पाएको मूल्य नै छ।२०२६ को चुनाव अघि पश्चिम बंगालमा पुर्व मुख्यमन्त्री शुश्री ममता बनर्जीको शासन थियो। दार्जिलिङमा कतिवटा विषयमा राम्रो नै भए तापनि प्रायः जसो अनैतिक र दमन शासनको सामना गर्न परिरहेको थियो।तर अब भने केन्द्र अनि राज्य दुवैमा एउटै सरकार डबल इञ्जिनको सरकार बनेका छन्। धेरैलाई हामीले एम् पी,एम् एल् ए बनाएर पठायौं तर बुढापाकाको उखान झैँ जुनै जोगी आए पनि कानै चिरेको मात्रै साबित भयो।हुन त आधिकारिक रूपमा गर्यो होलान् तर हाम्रो आशा,हाम्रो अपेक्षाको पुर्ती गर्न कसै सक्षम बनेनन्।दार्जिलिङमा पनि नयाँ सरकारको आगमन भईसकेको छ र सम्भवतः सरकार परिवर्तन हुन केही समयको आवश्यकता पर्दछ। चुनावपछि दार्जिलिङमा एउटा नव दिपको उदय भएको छ। कञ्चनजङ्घा पुनः मुस्कुराएकी छिन्।दार्जिलिङलाई भ्रष्टाचार मुक्त बनाउन अहिलेको सरकारले सम्भवतः प्रयास गरिरहेका छन्।जनताको सुविधा हेतु थुप्रै योजनाहरु समावेश गरिरहेका छन्।तर यति मात्रै पर्याप्त छैन,योजनाहरु त सरकारले निर्धारित रुपमा दिनु नै पर्छ तर हाम्रो मुख्य समस्या भनेको छुट्टै राज्य हो।यसको निम्ति धेरै शहिदले बलिदान दिएका छन्।सानो मुख ठुलो बात,मेरो सानो सुझाव उक्त विषयमा पनि सरकार अनि दार्जिलिङका नव नेताहरुले ध्यान दिन आवश्यक छ।अब उप्रान्त नेताहरुले निस्वार्थ भावनामा काम गरको हुनुपर्छ।कुर्सीको लोभमा तैं छाड र मैं छाड गरेर एक आपसमा नै लडेर नबसोस्।हामी भारतीय दार्जिलिङे नेपालीहरुको दीर्घकालीन मांग 'गोर्खाल्याण्ड'-पूर्ण गर्न हेतु आवाज उठाएको होस्।चुनाव पछि दार्जीलिङमा परिवर्तन हुँदै गएको भान हुँदैछ।हामीले देखे अनुसार बिस्तार रुपमा दार्जिलिङले परिवर्तनको सिडी उक्लिसकेको छ अब यहि अपेक्षा छ कि यो परिवर्तनको सिडीले त्यो शिखर चुम्न सक्षम बनुन्।
'फुटेर होईन दार्जिलिङको जनता अनि नेता दुवै जुटेर अघि लम्कोस्।
आशाको दिप प्रज्वलन गरी प्रकाशमय ज्योतिले कञ्चनजङ्घाको शिखर चम्कोस्।'
Have a tip on this story?
WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.
© 2026 Khabar Darjeeling
By Dipesh Tamang
All rights reserved. Content may not be reproduced without permission.