logoखबर दार्जिलिङ
परिवर्तनको लहर
Voice of People

परिवर्तनको लहर

RB
July 16, 2026Kalimpong, Kalimpong1 min read👁 40

ल्तीमा केही छैन, पेटमा भोकको आगो

काम खोज्दै भौंतारिन्छु, दिन नै हुन्छ कालो |

पसिना बगेको छ, जमिन भिज्ने गरी

तर श्रमको मूल्य छैन, जिन्दगी अलपत्र परी |

सबैले भन्छन् विकास, कहाँ गयो हाम्रो भाग?

सरकार सुत्छ गहिरो निन्द्रामा, यहाँ त जिउँदै मर्नु पर्ने राग।

डिग्रीका कागजहरू रद्दीको टोकरीमा फ्याँकिए

नेताका आश्वासनहरू हावामा उडी बाँडिए

भनसुन बिना केही चल्दैन, यहाँ त योग्यताको खडेरी।।

हाम्रो भाग्य कोर्ने कलमहरू, बन्द कोठाको घेराभित्र अँधेरी।।

न त छ साथ कसैको, न त छ कुनै साहारा

अन्यायको यो दलदलमा, हरायो मेरो किनारा।

छोराछोरीको भोको अनुहार, आँखामा सपना छ

भोलिको चिन्ताले पिरोलेको, मनमा घाउ धेरै छ

राज्यको ढुकुटीको चाबी, तिमीहरूको हातमा छ

हाम्रो रगत र पसिनाको मूल्य, के केवल खातमा छ?

अब त आफैँ जुर्मुराउनु छ, अब त आफैँ लड्नु छ

यो अन्धकार तोडेर, उज्यालोको खोजीमा बढ्नु छ।

अधिकारको खोजीमा, सडकमा कराउँदा पनि

सुन्दैन यो बहिरा सत्ताले, न्यायको भाषा कहिले पनि

तर यो मौनता सधैँ रहन्न, आँधी बनेर उठ्नेछ

तिम्रो कुर्सीको जग पनि, पक्कै एक दिन हल्लिनेछ

आफ्नै पसिनाको तागतले, नयाँ इतिहास लेख्नेछौँ

हामी गरिब नै सही, तर आफ्नो अधिकार आफैँ छेक्नेछौँ।

Have a tip on this story?

WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.

Tags:Voice of PeopleKalimpongKalimpong

💬 Comments (0)

?
💬

No comments yet

Be the first to share your thoughts!

© 2026 Khabar Darjeeling

By Raymond Basnet

All rights reserved. Content may not be reproduced without permission.