logoखबर दार्जिलिङ
Voice of People

ChatGpt बोल्दैछ

SG
October 1, 2026Lepcha busty darjeeling , Darjeeling1 min read👁 3

चौतारो सुनसान छ, ChatGPT बोल्दैछ

हिजो साँझ चौतारामा

बुढापाका जम्मा हुन्थे,

दुःख–सुखका कुरा गर्दै

रात परुञ्जेल हाँस्थे।

आमाको हातको भात पाक्थ्यो,

बुबा आँगनमा कुर्थे,

छोराछोरी घर फर्किँदा

घरका भित्तासमेत हाँस्थे।

अहिले त के हो भाइ,

जमाना कता मोडियो?

आमाबुबा छेउमै हुँदा

ChatGPTतिर मन दौडियो।

आमाले भन्छिन्, “छोरा, खाना!”

छोराले भन्छ, “एकछिन आमा,”

मोबाइलभित्र कुरा चल्छ,

घरमा चाहिँ मौनता तमामा।

बुबाले सोध्छन्, “के गर्दैछस्?”

“ChatGPTसँग कुरा गर्दैछु।”

बुबा चुपचाप फर्किन्छन्,

“मसँग चाहिँ कहिले बोल्छस्?” भन्छु?

हिजो गाउँको पीपलमुनि

कथा सुनाउने बाजे थिए,

आज कथा सुनाउन नपाउँदै

मोबाइलका गुरु आएछन् रे!

एउटा प्रश्न ChatGPTलाई,

अर्को प्रश्न फेरि त्यहीलाई,

घरकी आमाको मन बुझ्न

कहिले सोध्ने हो आमालाई?

खेतबारीमा बुबाको पसिना,

गोठमा आमाको माया,

यी कुरा खोज्न गुगल चाहिँदैन,

बस्—घर फर्किनुपर्छ छाया।

ChatGPTले ज्ञान त देला,

कुरा हजारौँ सिकाउला,

तर भोक लागेको बेला आमाले

जस्तो भात कसले खुवाउला?

बुबाको निधारमा देखिएको

चिन्ताको रेखा पढ्ला कसले?

आमाको आँखामा लुकेको

मायाको भाषा बुझ्ला कसले?

मोबाइलमा संसार भेटियो,

तर घरको मान्छे हरायो,

कुरा गर्न हजार माध्यम आए,

तर आफ्नै घर मौन भयो।

चौतारो उस्तै छ अझै,

पीपल उस्तै हल्लिन्छ,

तर मान्छेहरू हातमा मोबाइल बोकेर

एकअर्काबाट टाढिँदै जान्छन्।

कस्तो अचम्मको समय आयो—

परदेशीलाई घर सम्झना आउँछ,

घरमै बसेको मान्छेलाई चाहिँ

घरभित्रै एक्लोपन सताउँछ।

त्यसैले भाइ, ChatGPTसँग बोल,

ज्ञान लेऊ, नयाँ कुरा सिक,

तर आमाले बोलाउँदा

मोबाइलभन्दा पहिले घरतिर फर्क।

किनकि प्रविधि बदलिन्छ,

समय पनि फेरिन्छ,

तर आमा–बुबाको माया

फेरि किन्न पाइँदैन।

एकदिन मोबाइल बन्द होला,

इन्टरनेट पनि हराउला,

त्यो दिन आमाको काख खोज्दा

सायद समय फर्केर नआउला।

त्यसैले आजै एकपटक

मोबाइल छेउमा राखेर हेर,

ChatGPTसँग होइन मात्र—

आमाबुबासँग पनि मन खोलेर बोल।

लेखक: सिद्धान्त गुरुङ

Have a tip on this story?

WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.

Tags:Voice of PeopleDarjeelingLepcha busty darjeeling ChatGpt

Comments (0)

?
💬

No comments yet

Be the first to share your thoughts!

© 2026 Khabar Darjeeling

By Sidhant Gurung

All rights reserved. Content may not be reproduced without permission.