गोर्खाल्यान्डको नसुनिने आवाज
दार्जिलिङका डाँडाकाँडामाआज पनि प्रतिध्वनि रोइरहेछ।नारा उठ्छ हरेक बिहानतर सुनिदिने कान कहाँ रहेछ?
चियाका हरिया बगानमाथिपसिनाले इतिहास लेखिएको छ।तर न्यायको बाटोमा हिँड्ने पाइलाअझै किन रोकिएको छ?
हाम्रो भाषा, हाम्रो संस्कृतिहाम्रो पहिचानको सम्मान चाहियो।आवाज दबाउने होइनसंवाद र न्यायको बिहान चाहियो।
हिमालले हरेक दिन सोधिरहन्छ"कहिलेसम्म मौन बस्ने हो?दार्जिलिङको प्रत्येक मुटुले भन्छ"हाम्रो आवाज पनि एकदिन सुनिने हो।
आशा अझै मरेको छैन,विश्वास अझै बाँकी छ।सत्य र सम्मानको यात्रामागोर्खाको आवाज अमिट छ।
Jai Gorkha
🖋️ बिपन बराइली
Have a tip on this story?
WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.
© 2026 Khabar Darjeeling
By Bipan Baraily
All rights reserved. Content may not be reproduced without permission.