logoखबर दार्जिलिङ
Poetry

शिक्षक दिवस

SG
September 5, 2026Lepcha busty darjeeling , Darjeeling1 min read👁 15

.

शिक्षक दिवस — गुरुको सम्मान

हामी स्कुल आयौँ आफ्नै सपना बोकेर,

कहिले हाँस्दै, कहिले मनका कुरा लुकाएर।

तर हाम्रो यात्राको साँचो सहारा,

बन्नुभयो शिक्षक—ज्ञानको उज्यालो तारा।

टिचरले सिकाउनुभयो अक्षर मात्र होइन,

जीवन बुझ्ने बाटो पनि देखाउनुभयो।

हामी लड्दा उठ्न हौसला दिनुभयो,

हार्दा फेरि प्रयास गर्न सिकाउनुभयो।

तपाईंको केयर, सपोर्ट र माया,

हाम्रो लागि अमूल्य उपहार हो।

हामीलाई बुझ्ने, साथ दिने तपाईंको मन,

सधैँ हाम्रो लागि प्रेरणाको संसार हो।

सायद हामीले सबै कुरा भन्न सक्दैनौँ,

तर मनभित्र तपाईंको सम्मान सधैँ रहनेछ।

हाम्रो सफलताको हरेक खुड्किलोमा,

एउटा शिक्षकको योगदान सधैँ देखिनेछ।

✍️ लेखक: सिद्धान्त गुरुङ

Have a tip on this story?

WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.

Tags:PoetryDarjeelingLepcha busty darjeeling

Comments (0)

?
💬

No comments yet

Be the first to share your thoughts!

© 2026 Khabar Darjeeling

By Sidhant gurung

All rights reserved. Content may not be reproduced without permission.