logoखबर दार्जिलिङ
Poetry

भावपूर्ण श्रद्धान्जली वीर सहिदहरू प्रति

MD
August 10, 2026Pyaro Chiyabari Khabar , Sonada, Darjeeling2 min read👁 3

े वीर सहिद

तिमीलाई कोटी प्रणाम

तिमीले गरेको त्याग र

तिमीले गरेको वलीदानको

ऋण चुकाउन सकिएन अझै,।।

तिमीलाई तातो गोली लाग्दा,

बगेको रगतको टाटो अझै छ आलै,

हे वीर सहिद

धन्यवाद दिने शब्द छैन म मा! त्यसैलै

दुई थोपा आँसुको श्रध्दार्पण तिमीलाई

सकिएन पुरा गर्न तिम्रो सपना पनि,

क्षमा मागूँ म तिमीलाई के भनी?

भयो म बाट हेर ठूलो भूल,

तरै पनि स्वीकार गरदेऊ ल यो श्रद्धाको फूल,,।।

देशको रक्षा गर्न् भनेर

आमाको न्यानो काख छोडी गयौ,

निडरतासित

लडेर तिमीले

बचाई दीयो गोर्खाको पहिचान ।।

कार्गिलको चिसो कठ्याङ्ग्रीने जाडोमा

ठेस् तिमीलाई लाग्यो होला,

अप्ठेरो गोरेटोमा हिँड्दा कठै,

आमाको याद आयो होला,

छातीमा तातो गोली लाग्दा,

सम्झियौ होला प्रेयसीलाई ,

चेलीको झझल्को आयो हौला

बोलायौ होला छोरालाई।।

तिर्खा लाग्दा पानी नपाई,

घाँटी तिम्रो सुक्यो होला

गाउँको याद आएर तिम्रो,

मन धेरै दुख्यो होला।।

दुस्मनको गोली लाग्दा कठै,

खूनको खोलै बग्यो होला,

आमा आमा भन्दै तिमी

छट्पटायौ पनी होला ।

हाँस्तै तिमी गएको थियौ,

बाकसमा सुतेर आयौ

गाउँ घर साथी संगी

सबैलाई रुवायौ।।

तिमी त बाँची रहने छौ सधैं,

आकाशमा अमर तारा बनेर ,

तिम्रो ऋण चुकाउन

सकिनँ,

माफी मानौं म के भनेर?

हे वीर सहिद

तिमीलाई कोटी प्रणाम,

दुई थोपा आशुँ अर्पण गर्दै,

तिमीलाई मेरो सलाम

मिना ढुंगेल

सौनादा

Have a tip on this story?

WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.

Tags:PoetryDarjeelingPyaro Chiyabari Khabar , Sonada

Comments (0)

?
💬

No comments yet

Be the first to share your thoughts!

© 2026 Khabar Darjeeling

By mina dhungel

All rights reserved. Content may not be reproduced without permission.