logoखबर दार्जिलिङ
Poetry

नष्ट हुने संसार

SG
August 12, 2026Darjeeling1 min read👁 12

ष्ट हुने संसार

संसारले मलाई त्यागे पनि केही छैन,

त्याग्ने यही संसार पनि एकदिन नष्ट भएर जान्छ।

आज जसले मलाई एक्लो बनायो,

भोलि समयले उसलाई पनि एक्लोपन सिकाउँछ।

मलाई छोडेर जानेहरू गए पनि केही छैन,

किनकि यो संसारमा कोही सधैँका लागि रहँदैन।

आज आफ्ना लाग्नेहरू टाढा हुन्छन्,

आज पराइ लाग्नेहरू पनि समयसँगै हराउँछन्।

मलाई एक्लै छोड्ने यो संसार पनि,

एकदिन आफ्नै अस्तित्वसँग विदा हुनेछ।

त्यसैले म संसारसँग गुनासो गर्दिनँ,

म आफ्नै बाटोमा हिँडिरहनेछु।

— लेखक: सिद्धान्त गुरुङ

Have a tip on this story?

WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.

Tags:PoetryDarjeeling

Comments (0)

?
💬

No comments yet

Be the first to share your thoughts!

© 2026 Khabar Darjeeling

By Sidhant gurung

All rights reserved. Content may not be reproduced without permission.