logoखबर दार्जिलिङ
कर्मठ वीरहरू
Poetry

कर्मठ वीरहरू

RR
July 26, 2026छिबो , Kalimpong1 min read👁 3

र्मठ वीरहरु

ती कर्मठ वीरहरुको सम्झनामा

सारा जतिलाई एकत्र गराई

उत्थित सहीद शालिक माझमा

सारा अन्तरिक्ष काप्ने गरी

सूर्य, चन्द्र, तारा, प्रवाहलाई बोलाई

वीरताको कथा बक्न मन लाग्यो

अक्षय गुणहरुको निम्ति अझ

अञ्चन गर्नु श्रेय लाग्यो ।

रक्त बगायौ देश कै निम्ति

जीवनका आराम सुख सबै त्यागी

हामीलाई सुखको सपना दिन

आँखा एकैक्षण चिम्म नगरी

मार्यौ मर्यो देशकै निम्ति

अनेकौ मनिसहरुको घर बसाउनको निम्ति ।

भुली वर्तमानका इच्छा सपना

देशको भविष्य उज्जवल बनाउँने

आफ्नो सबै क्षणमै छाडी

शान्ति देशको कल्पना रच्ने

कस्तो श्रेष्ट मातृ - प्रेम

गोली लाग्दा नि कतै नढग्ने

कस्तो विशाल छाती वीरहरुको

जन्म भुमिलाई चोट लाग्नै नदिने ॥

Have a tip on this story?

WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.

Tags:PoetryKalimpongछिबो

Comments (0)

?
💬

No comments yet

Be the first to share your thoughts!

© 2026 Khabar Darjeeling

By rabin rosso

All rights reserved. Content may not be reproduced without permission.