*आजको रावण*
- मुकेश कुमार ठाकुर।
आजको रावणसँग दसवटा टाउका हुँदैनन्
हुँदैनन् उसँग लामा जुँघाहरू पनि
अब उसलाई सुनसान ठाउँ पनि चाहिँदैन
चाहिँदैन एकान्त जङ्गल।
ऊ नजर आउँछ
बजारजस्ता भीडभाड हुने ठाउँहरूमा
प्रकट भइदिन्छ ऊ
खचाखच भरिएका बसहरूमा पनि
तर साह्रै गाह्रो छ उसलाई चिन्न
मानविय मुकुन्डो लगाएर
ऊ हरेक ठाउँमा मौजुद रहन्छ
जसरी मौजुद रहन्छ हावा हाम्रो वरिपरि।
त्यो रावणमा तैपनि तमिज (विवेक) थियो
मर्यादा थियो उसँग
त्यसैले त सीतालाई राखेको थियो अशोक वाटिकामा
अन्यथा ऊ लङ्काधिपति थियो
लैजान सक्थ्यो बलपूर्वक आफ्नो रानीवासमा।
तैपनि हरेक वर्ष
जलाइन्छन् त्यो रावणका पुतलाहरू
कसैले जलाउन चाहँदैन
कसैले मार्न चाहँदैन
आफ्नो भित्री रावणलाई।
आजको रावणको आतङ्कले
हरेक सीता आतङ्कित छिन्।
त्यो सीता जसलाई यो पनि थाहा हुँदैन
आफूसँगै बसेको व्यक्ति
राम हो कि रावण?
----------------------------------+
(हिंदी शिक्षक, सप्तश्री ज्ञानपीठ, तक्सरी रोड, कालिम्पोंग - 734301
मो. 9932775453 )
Have a tip on this story?
WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.
© 2026 Khabar Darjeeling
By Mukesh Kumar Thakur
All rights reserved. Content may not be reproduced without permission.