logoखबर दार्जिलिङ
अन्तिम भेट ~
Poetry

अन्तिम भेट ~

DT
September 13, 2026Barnesbeg tea garden , Darjeeling1 min read👁 5

ो संसारले मेरो लागि बिरानो भइसक्यो, तिम्रो त्यो अमूल्य माया नहुनाले

भावनाहरूले बिलिन भइसक्यो

त्यो अमूल्य स्पर्श नहुनाले।

जे हुनु थियो भइसक्यो

अब गर्दा के नै हुन्छ र

दिएको माया लगिसक्यो

अब समुद्र बढाएर के हुन्छ र।

जब अन्तिम भेट हुन्छ हाम्रो

तब भन्नेछु को हौ तिमी मेरो लागि

के सोच्छु म तिम्रो लागि भनेर।

जब अन्तिम भेट हुन्छ हाम्रो

तब बसिरहन्छु तिमीलाई हेरेर।

जब अन्तिम भेट हुन्छ हाम्रो

तब अँगाल्नेछु अलिक कसेर,

माया दिनेछु अलिक थपेर

अनि भन्नेछु—

“तिमीले नै प्रेमको प्रस्ताव नराखेको भए,

यस्तो मरिहत्ते प्रेम पनि गर्ने थिइनँ होला म।

यस्तो मरिहत्ते प्रेम पनि गर्ने थिइनँ होला म।”

Have a tip on this story?

WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.

Tags:PoetryDarjeelingBarnesbeg tea garden

Comments (0)

?
💬

No comments yet

Be the first to share your thoughts!

© 2026 Khabar Darjeeling

By Dechen Tamang

All rights reserved. Content may not be reproduced without permission.